‘जिरो डिग्री’को छायांकन सम्पन्न

April 22, 2026 at 10:32 PM

पोखरा । मेघौली फिल्मस्को ब्यानरमा निर्माण भइरहेको डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । कास्कीको धिताल गाउँमा कलाकारद्वय राजन भुसाल र प्रकाश घिमिरेको अन्तिम दृश्य खिच्दै चलचित्रको ‘प्याकअप’ गरिएको निर्माण टोलीले जनाएको छ । ३५ दिनको कार्यतालिका तय गरी पोखराको अर्मलाकोट मन्दिरबाट छायांकन सुरु गरिएको चलचित्र ३७ दिनमा सम्पन्न भएको हो

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...