पशुपतिनाथबाट सार्वजनिक गरियो ‘आई एम जित बहादुर’ को फर्स्ट लूक, प्रदर्शन मिति घोषणा

April 27, 2026 at 01:21 AM
1 min read

काठमाडौं- अभिनेता तथा निर्माता जितु नेपालले आफ्नो नयाँ फिल्म ‘आई एम जित बहादुर’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरेका छन्  । सोमवार बिहान ठीक ६ः१५ बजे पशुपतिनाथ मन्दिर परिसरबाट पोस्टर सार्वजनिक गरिएको हो । तीन नयाँ पोस्टरसहित फिल्मको प्रदर्शन मितिसमेत घोषणा गरिएको छ । यो फिल्म आगामी असार ५ गतेदेखि प्रदर्शनमा आउने छ । सार्वजनिक तीन भिन्न पोस्टरमध्ये पहिलो पोस्टरमा जितुलाई जोकरको भेषमा चित्रण गरिएको छ, पृष्ठभूमिमा अभिनेत्री वर्षा राउतलाई देख्न सकिन्छ । दोस्रो पोस्टरको पृष्ठभूमिका जितु र वर्षालाई दम्पत्तिको रुपमा देखाइएको छ । तेस्रो पोस्टरमा भने जीतको भावुक अनुहारलाई प्राथमिकता दिइएको छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...