फिल्म ‘लालीबजार’ रोक्न माग गर्दै पाटन उच्च अदालतमा मुद्दा दायर

April 27, 2026 at 12:17 PM
1 min read

काठमाडौं- फिल्म ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा सोमवार रिट दायर भएको छ। वादी समुदायको तर्फबाट रोशनी नेपालीले उक्त निवेदन दर्ता गराएकी हुन्। अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार रिट दर्ता भइसकेको छ र यसबारे सुनुवाइका लागि मंगलवारको मिति तोकिएको छ। निर्देशक यम थापाको निर्देशनमा तयार भएको ‘लालीबजार’ वैशाख १८ गतेदेखि प्रदर्शन गर्ने तयारीमा छ। षट्कोण आर्टसद्वारा निर्मित यो फिल्म वादी समुदायका महिलाहरूको संघर्षको कथामा आधारित छ। यसैबीच, सोमवार केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्र दिएको छ। प्रमाणपत्र पाएसँगै निर्माण पक्षले सोही दिन आकस्मिक पत्रकार सम्मेलनसमेत आयोजना ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...