फिल्म ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालतको अल्पकालिन आदेश

April 28, 2026 at 09:09 AM

काठमाडौं – यही वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले अल्पकालिन आदेश जारी गरेको छ । फिल्मलाई वैशाख २२ गतेसम्म रोक्न उच्च अदालत पाटनले आदेश दिएको हो । फिल्मका केहि शब्दहरूमा आपत्ति जनाउँदै वादी समुदायले उजुरी दर्ता गराएको थियो । सोमवारमात्रै केन्द्रीय चलचित्र जाँच समितिले लालीबजारलाई युनिभर्सल प्रमाणपत्र दिएको थियो । फिल्ममा वादी समुदायका महिलाले गर्ने संघर्षको कथामा आधारित रहेको छ ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...