माइतीघरमा कलाकारहरूको धर्नाः अभिव्यक्ति स्वतन्त्रताको संरक्षणको माग

April 29, 2026 at 10:26 AM

काठमाडौं– कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणको माग गर्दै कलाकारहरूले बुधवार दिउँसो राजधानीमा शान्तिपूर्ण धर्ना दिएका छन् । दिउँसो ३ बजेपछि माइतीघर मण्डलामा भेला भएका कलाकारहरूले सडक किनारमा बसेर आफ्नो विरोध जनाएका हुन् । धर्नामा सहभागीहरूले हातमा विभिन्न सन्देश लेखिएका पम्प्लेट बोकेका छन् । प्रदर्शनमा अभिनेत्री स्वस्तिमा खड्का, निर्देशक प्रदीप भट्टराई, निर्देशक गणेश देव पाण्डे, कलाकार रविन्द्र सिंह बानियाँ, निर्देशक अशोक शर्मा, अभिनेता खगेन्द्र लामिछाने, लगायत फिल्म, साहित्य तथा कला क्षेत्रका दर्जनौँ व्यक्तिहरूको उपस्थिति रहेको छ । उनीहरूले हाम्रो कथा लुक्दैनः सिनेमा र साहित्य रोकिन्न, संविधानको मान, आत्म ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...