‘१२ गाउँ २’ बाट कृशु शाहीको डेब्यु, चार वर्षदेखि अभिनय सिक्दै गरेकी शाही बन्दै समीरको जोडी

May 4, 2026 at 11:08 AM
1 min read

काठमाडौं- अभिनेता समीर भट्टको मुख्य भूमिका रहने फिल्म ‘१२ गाउँ २’ बाट कृशु शाही ‘काफिया’ ले नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्ने भएकी छिन्। निर्माता तथा निर्देशक विराज भट्टले सामाजिक सञ्जालमार्फत फिल्मकी लिड अभिनेत्रीबारे औपचारिक घोषणा गरेका हुन् । काफिया चर्चित फिल्म वितरक गोविन्द शाहीकी छोरी हुन् । उनले छोरीकै नाममा ‘काफिया फिल्म्स’ ब्यानर सञ्चालन गर्दै आएका छन् भने ‘१२ गाउँ २’का वितरक समेत उनी स्वयं हुन् । अभिनेत्री घोषणा गर्दै विराजले लेखेका छन्, “चलचित्र क्षेत्रमा पहिलो पटक ‘१२ गाउँ २’ मार्फत पाइला टेक्दै कृशु शाही । उहाँलाई चलचित्र क्षेत्रमा स्वागत छ ! ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...