काठमाडौं– नेपाली फिल्म ‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ वैशाख २३ गते बुधवारका लागि सारिएको छ । उच्च अदालत पाटनका न्यान्याधीश गिता प्रसाद तिम्सिना तथा दीपक खनालको संयुक्त इजलासले सेन्सर बोर्डमार्फत सेन्सर कपी पेश गर्न आदेश दिएको छ । मंगलवार भएको सुनुवाइमा अदालतले यसअघि १५ वैशाखमा दिएको प्रदर्शन रोक्ने आदेशमा छलफल गर्दै सेन्सर बोर्डमार्फत सक्कल कपी मगाउँदै बुधवारलाई छलफलमा बोलाएको छ । १८ वैशाखदेखि प्रदर्शनको तयारीमा रहेको, निर्देशक यम थापाको उक्त फिल्म अदालतको आदेशपछि रोकिएको थियो । भोलि बुधवार हुने सुनुवाइमा पेश गरिने सेन्सर कपीका आधारमा फिल्मको प्रदर्शनबारे निर्णय हुनेछ । आमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...