नेपाली फिल्म ‘आँखा’ लाई अमेरिकामा दुई प्रतिष्ठित रेमी अवार्ड

May 7, 2026 at 09:28 AM
1 min read

काठमाडौं- जौन योञ्जनद्वारा निर्देशित नेपाली फिल्म ‘क्रलिङ क्रोज: आँखा’ ले संयुक्त राज्य अमेरिकामा आयोजना भएको वर्ल्डफेस्ट-ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा दुई प्रतिष्ठित ‘रेमी अवार्ड’ जित्दै ऐतिहासिक सफलता हात पारेको छ । हालै आयोजक कमिटीले इमेलमार्फत यो फिल्मले दुई विधामा अवार्ड जितेको आधिकारिक जानकारी गराएको हो । यो फिल्मले ‘विदेशी फिचर’ विधामा उत्कृष्ट हुँदै ‘प्लेटिनम रेमी अवार्ड’ तथा ‘निर्देशन-क्राफ्ट विधामा ‘गोल्ड अवार्ड’ जितेको छ । विश्वभरका फिल्म निर्माता तथा सिर्जनाहरूलाई एकै ठाउँमा ल्याउने यो महोत्सव अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा आयोजना भएको हो । सन् १९६१ मा स्थापना भएको ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभल विश्वकै सबैभन्दा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...