गायक रामकृष्ण ढकालद्वारा साइबर ब्यूरोमा उजुरी, सामाजिक सञ्जालमा भइरहेको मानहानीविरुद्ध कानुनी प्रक्रिया प्रारम्भ

May 8, 2026 at 06:05 AM

काठमाडौं– लोकप्रिय गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमार्फत भइरहेको मानहानी, चरित्र हत्या तथा भ्रामक प्रचारविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाएको जानकारी दिएका छन् । गायक ढकालले सामाजिक सञ्जालमा एउटा लामो नोट लेख्दै विशेषगरी फेसबुकमा केही व्यक्ति तथा समूहहरूले आफूविरुद्ध गालीगलौज, झुटा आरोप तथा करियर समाप्त पार्ने उद्देश्यले सामग्रीहरू प्रचार गरिरहेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा औपचारिक उजुरी दर्ता गराएका हुन् । गायक ढकालले सामाजिक सञ्जालमा सार्वजनिक गरेको वक्तव्यअनुसार, यस्ता गतिविधिले उनको व्यक्तिगत जीवनसँगै लामो समयको मेहनतबाट बनेको पेशागत प्रतिष्ठामा गम्भीर असर परेको बताएका छन् । अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको अस्तित्वमाथि नै प्रहार गर्ने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...