धरानमा ‘गोर्खा वारियर’ को प्रिमियर, मुख्यमन्त्रीदेखि मेयरसम्मको आँखामा आँसु

February 18, 2024 at 01:33 AM

धरान– अन्तर्राष्ट्रिय फिल्मको रुपमा चर्चा पाएको ‘गोर्खा वारियार’ को शनिवार धरानमा भव्य प्रीमियर शो आयोजना गरिएको छ । लाहुरेको शहर भनेर चिनिने धरानको बाराह भवनमा रहेको फ्रेन्ड्स सिनेमाजमा यो फिल्मको रेड कार्पेट प्रीमियर गरिएको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतमा आयोजित प्रीमियरमा धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ विशिष्ट अतिथि थिए । फिल्मको प्रीमियरअघि विभिन्न जातजातिहरुले आफ्नो भेषभुषा र पहिरनमा सजिएर गाजाबाजासहित धरानको छाताचोकबाट सिनेमा हलसम्म गोर्खा वारियरको ब्यानरसहित झाँकी प्रदर्शन गरेका थिए । उक्त झाँकीमा यो फिल्मका कलाकार तथा प्राविधिकहरुसमेत सहभागी भएका थिए । धरान विशेष रेड कार्पेट प्रीमियरको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...