सर्वोच्चमा ‘लालीबजार’ सम्बन्धि मुद्दाको सुनवाइ, इजलासमा होहल्ला गर्ने रोशनी वादी प्रहरी नियन्त्रणमा

May 13, 2026 at 08:45 AM

काठमाडौं– सिनेमा हलमा प्रदर्शनरत नेपाली फिल्म ‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइका क्रममा सर्वोच्च अदालत परिसर तनावग्रस्त बनेको छ । मुद्दाकी वादी तथा अभियन्ता डा. रोशनी वादीलाई अदालतको इजलासमा होहल्ला गर्न खोजेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार उनलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। डा. रोशनी वादीले ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । सोही रिटमाथि बुधवार न्यायाधीशद्वय विनोद शर्मा र श्रीकान्त पौडेल को इजलासमा सुनुवाइ भएको हो । सुनुवाइ सम्पन्न भए पनि अदालतको आदेश आउन बाँकी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...