फ्लोरमा गयो ‘महाराजधिराज’, पहिलो सट श्रीलंका टापुमा

May 19, 2026 at 08:55 AM

सुनसरी– एक साताअघि शुभमुहुर्त गरिएको नेपाली फिल्म ‘महाराजधिराज’ को छायांकन प्रारम्भ भएको छ । सुनसरीको श्रीलंका टापुबाट यो फिल्मको छायांकन प्रारम्भ गरिएको हो । उक्त लोकेशनमा करिव एक सातासम्म यो फिल्मको छायांकन गरिने छ । फिल्मको बाँकी छायांकन काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा हुनेछ । फिल्मको छायांकन ७० दिनसम्म चल्ने सेड्युल रहेको छ । परिच्छेद सेनले निर्देशन गरिरहेको ‘महाराजधिराज’ लाई नवराज थापाले खिचिरहेका छन् । ‘महाराजधिराज’ सोसल पिरयड ड्रामा रहेको निर्देशक सेनले बताएका छन् । यो फिल्ममा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...