‘लालीबजार’को क्रेज बढ्दो, दुई सातामै ५ करोडभन्दा बढी कलेक्सन

May 23, 2026 at 06:47 AM
1 min read

काठमाडौं- तेस्रो सातामा प्रदर्शनरत नेपाली फिल्म ‘लालीबजार’ हेर्ने दर्शकको भीड उस्तै रहेको छ । आज शनिवार फिल्मले प्राप्त गरेका अधिकाँस शोहरूमा दर्शकको चाँप बढ्दो छ । केही शोहरू हाउसफुल भइसकेका छन् । षट्कोण आट्र्सले निर्माण गरेको उक्त फिल्मलाई हेर्न परिवार नै हलमा आइरहेको अभिनेता रवीन्द्रसिंह बानियाँले बताए । काठमाडौं उपत्यकासँगै नेपालभरका दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिक्रिया लिएका अभिनेता बानियाँले फिल्मले मनोरन्जनसँगै दिएको सन्देशलाई दर्शकले रुचाएको बताए । उनले भने, ‘म नेपालभरका मुख्य सहरमा पुगेर दर्शक भेटेर फर्किएँ, हामीलाई जुन विश्वास गरेर दर्शक आउनुभएको छ, फर्किंदा समय र पैसाको सदुपयोग भयो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...