२७औँ चलचित्र पत्रकारिता दिवस: दिवंगत पत्रकार सिटौलालाई मरणोपरान्त विशेष सम्मान

May 22, 2026 at 04:09 AM

काठमाडौं– चलचित्र पत्रकार संघ नेपालले चार महिनाअघि गत माघमा यो संसारबाट विदा भएका पत्रकार दिनेश सिटौलालाई बिहीवार दिउँसो काठमाडौंमा आयोजित चलचित्र पत्रकारिता दिवस–२०८३ मा राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान अर्पण गरिरहँदा कार्यक्रमस्थल एकाएक भावुक बनेको थियो । नक्सालस्थित लिसारा रिसेप्सनको हलमा दिवंगत पत्रकार दिनेश सिटौलाका बुवा गोकर्ण राज सिटौलाले उक्त सम्मान ग्रहण गरिरहँदा समारोहमा उपस्थित अधिकांशका आँखा रसाएका थिए । प्रतिनिधि सभाको चुनावी यात्राका क्रममा अछाममा हृदयाघात भएपछि उपचारका लागि काठमाडौं ल्याइए पनि चिकित्सकले ४३ वर्षीय पत्रकार सिटौलालाई बचाउन सकेका थिएनन् । चलचित्र पत्रकार सघले जेठ ७ गते बिहीवार ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...