‘राजाको सामान’ सहितका संवाद म्यूट गर्दै ‘लालीबजार’ लाई अदालतको हरियो झण्डा

May 27, 2026 at 01:51 PM
1 min read

काठमाडौं- उच्च अदालत पाटनले नेपाली फिल्म ‘लालीबजार’ प्रदर्शन गर्न अनुमति दिएको छ । केही विवादित शब्द र संवाद म्यूट गर्न आदेश दिँदै अदालतले फिल्मलाई क्लिन चिट दिएको हो । रोशनी वादीको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र अच्युत कुईंकेलको संयुक्त इजलासले ‘वादी’, ‘राजासावकोमा चलाउने प्रसाद, राजाको सामान’ भन्ने शब्द नसुन्ने बनाउन निर्देशन दिएको छ । यसअघि पनि अदालतले फिल्मको प्रदर्शन रोक्न नमिल्ने फैसला गरेको थियो । अब आवश्यक श्रव्य सम्पादनपछि ‘लालीबजार’ प्रदर्शनको बाटो खुलेको छ ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...