काठमाडौं- सामाजिक कथावस्तुमा आधारित फिल्म ‘गौँथली’ को टिजर सार्वजनिक गरिएको छ । टिजरले छोरीको शिक्षा, बालविवाह र वैवाहिक जीवनका संघर्षलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ । टिजरमा आमाले छोरीको राम्रो घरमा विवाह गराइदिने सपना देखे पनि छोरी भने पढ्न चाहने देखिन्छिन् । पढ्ने इच्छा हुँदाहुँदै कम उमेरमै विवाह गर्नुपरेको युवतीले वैवाहिक जीवनमा भोग्नुपरेका पीडा र संघर्षलाई टिजरले उजागर गरेको छ । फिल्ममा अरुण क्षेत्री श्रीमानको भूमिकामा छन् भने सिम्रन खड्का उनकी श्रीमतीको भूमिकामा देखिएकी छिन्। श्रीमानको असामान्य व्यवहार र विवाहपछि बुहारीले नयाँ घरमा सहनुपरेको कठिन अवस्थाले कथालाई भावुक बनाएको छ । कपिल रिजालको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...