दर्शकको मन छुने ‘गौँथली’ को टीजर र भावुक गीत, छोटो समयमै बने लोकप्रिय(भिडियो)

June 26, 2026 at 09:06 AM
1 min read

काठमाडौं- आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली सामाजिक कथानक फिल्म ‘गौँथली’ प्रदर्शनअघि नै दर्शकमाझ निकै चर्चामा आएको छ । चलचित्रको सार्वजनिक टीजरले युट्युबमा सार्वजनिक भएको चार हप्तामै ५७ लाख ५ हजारभन्दा बढी पटक हेरिने उल्लेखनीय सफलता हासिल गरेको छ । योसँगै फिल्मप्रति दर्शकको चासो दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । सार्वजनिक टीजरले नेपाली समाजमा अझै विद्यमान बालविवाह, छोरीप्रतिको विभेदपूर्ण सामाजिक सोच, वैवाहिक जीवनका चुनौती तथा महिलाले भोग्नुपर्ने मानसिक र सामाजिक पीडालाई निकै संवेदनशील र यथार्थपरक ढंगले प्रस्तुत गरेको छ । केही मिनेटको टीजरमै दर्शकलाई भावुक बनाउने दृश्य र संवाद समेटिएकाले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...