दर्शकले मन पराए ‘पार्वती’ को रत्यौली गीत, दीपाश्रीको नयाँ प्रयोग, केटा बनेर नाचिन् (भिडियो)

June 27, 2026 at 01:17 AM

काठमाडौं– भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘पार्वती’ को पहिलो रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रवार ओएसआर युट्युब च्यानलमार्फत यो गीत रिलिज गरेको हो । सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी तथा क्रिमसन श्रेष्ठले नृत्य गरेका छन् । विवाहको समयमा महिलाहरूले खेल्ने रत्यौलीलाई भिडियोमा रमाइलो पारामा प्रस्तुत गरिएको छ । भिडियोमा दीपाश्री पुरुषको भेषभूषामा देखिएकी छन् भने नीता महिलाकै पहिरनमा छिन् । उनीहरूबीचको रमाइलो भिडियोमा हेर्न सकिन्छ । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...