‘कंगाल करोडपति’ मा मुकुनको जोडी सलिना

June 30, 2026 at 06:48 AM
1 min read

काठमाडौं- अभिनेत्री सलिना तामाङ अभिनेता मुकुन भुसालको अपोजिट आगामी नेपाली फिल्म ‘कंगाल करोडपति’ मा मुख्य अभिनेत्रीका रूपमा अनुबन्धित भएकी छन् । राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको यस फिल्ममार्फत सलिनाले नेपाली फिल्म उद्योगमा डेब्यू गर्नेछिन् । निर्माण टिमका अनुसार सलिनाले यसै महिना फिल्मसँग औपचारिक सम्झौता गरेकी हुन्। ‘कंगाल करोडपति’ मा मुकुन भुसाल र सलिना तामाङ पहिलो पटक पर्दामा जोडीका रूपमा देखिनेछन् । फिल्ममा अनुबन्धित भएपछि सलिनाले ‘कंगाल करोडपति’ आफ्नो डेब्यूका लागि उपयुक्त फिल्म भएको बताएकी छन् । ‘यस फिल्ममा एउटा पात्रको रूपमा अभिनय गर्ने अवसर पाउँदा म अत्यन्तै खुसी छु । मेरो अभिनय ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...