काठमाडौं– एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभलका संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले सोमवार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटमा नेपाल–चीनबीच चलचित्र, संस्कृति र पर्यटन प्रवर्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । उक्त भेटका क्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल तथा चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै सरकारले यस्ता पहललाई आवश्यकता अनुसार सहयोग गर्न तयार रहेको बताए । उनले चलचित्र महोत्सवले नागरिकस्तरमा सम्बन्ध विस्तार गर्नुका साथै पर्यटन प्रवर्धनमा पनि महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै आपसी हित र ...
‘चलचित्र क्षेत्र प्रवर्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ’: डा.तिमिल्सिना, सञ्चार मन्त्री
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...