फ्लोरमा गयो ‘पिताम्बर’, पाँच करोड अनुमानित बजेट

February 23, 2024 at 07:14 AM

काठमाडौं– कृषा चौलागाईको निर्देशनमा बन्ने नयाँ नेपाली फिल्म ‘पिताम्बर’ को छायांकन प्रारम्भ भएको छ । नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै यो फिल्मको छायांकन प्रारम्भ गरिएको हो । फिल्मका बाल कलाकारले मुहूर्त सट दिएको जानकारी निर्देशक चौलागाईले दिएकी छिन् । गत फागुन २ गते सरस्वती पूजाको दिन कान्तिपुर फिल्म एकेडेमीमा स्कृप्ट पूजा गरिएको फिल्मको आज फागुन ११ गते शुक्रवारदेखि पहिलो चरण अर्न्तगतको १५ दिने सेड्युलको निरन्तर छायांकन थालिएको हो । फिल्मको नवलपरासीपश्चात बुटवल र नेपालगञ्जमा समेत छायांकन हुने निर्देशक तथा निर्मात्री कृषा चौलागाईले बताइन् । फिल्मको पहिलो सेड्युलमा अभिनेत्री सुरक्षा पन्त, अभिनेता ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...