काठमाडौं– निर्देशक एभरेष्ट सूर्य बोहराको नयाँ फिल्म ‘चमेलीको पोई’ बाट कुनै समयका लोकप्रिय हाँस्य कलाकार नारायण त्रिपाठीले ‘कमब्याक’ गर्ने भएका छन् । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका त्रिपाठी ‘चमेलीको पोई’ मा अनुवन्धित भएको जानकारी निर्देशक बोहराले दिएका छन् । सन् २०२४ मै छायांकन गरी प्रदर्शनमा ल्याउने योजनाका साथ निर्देशक बोहराले शुक्रवार ‘चमेलीको पोई’ घोषणा गरेका हुन् । कमेडी जनराको ‘चमेलीको पोई’ मा अन्य कलाकार को–को हुनेछन् भन्ने अहिलेलाई गोप्य राखिएको छ । निर्देशक बोहराले शनिबार आफ्नो फिल्ममा अमेरिका निवासी पुराना हाँस्य कलाकार नारायण त्रिपाठीलाई भित्र्याएको जानकारी दिएका छन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...