काठमाडौं– छायांकन प्रारम्भ भएको ३१औँ दिनमा नयाँ नेपाली फिल्म ‘मोदीबेनी’ को ईण्ड क्ल्याप गरिएको छ । बुधवार पर्वत जिल्लाको फलेवासमा कलाकारहरू वर्षा सिवाकोटी तथा प्रवीण खतिवडाले अन्तिम शट दिँदै छायाङ्कन प्याकअप गरेका हुन् । दुई चरणमा भएको यो फिल्मको छायाङ्कन काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुन्डे तथा पर्वतका मोदी गाउँपालिकाको चित्रे, कुस्मा नगरपालिका र फलेवास नगरपालिकामा भएको थियो । करिब पैँतिस–चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो फिल्मले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ । अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले यही फिल्मबाट डेब्यु गरेका छन् भने अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गरेकी छन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...