काठमाडौं- गत वर्षको भेनिस फिल्म फेस्टिभलमा दुई अवार्ड जितेको फिल्म ‘द रेड सुटकेस’ को टीजर सार्वजनिक भएको छ । यही चैत ३० गतेबाट रिलिज हुने फिल्मको टिजर सोमबार निर्माण संस्था आइसफल प्लसको युट्युब च्यानलबाट रिलिज गरिएको हो । मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर कथा वाचन गरिएको फिल्म फिडेल देवकोटाको लेखन तथा निर्देशनमा तयार भएको हो । टिजरमा कलाकार प्रवीण खतिवडामात्र फिचर्ड छन् । टिजरमा उनले एक रातो सुटकेसलाई बोकेर हिँडिरहेको र एक दृश्यमा उनलाई अर्धनग्न देखाइएको छ । फिल्ममा सौगात मल्ल, विपीन कार्की र सृष्टि श्रेष्ठको पनि अभिनय छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...