काठमाडौं– ५० प्रतिशत छायांकन रोमानियामा भएपछि रोकिएको फिल्म ‘वर एण्ड वधु’ को बाँकी काम अगाडि बढ्ने भएको छ । यो फिल्मको बाँकी ५० प्रतिशत छायांकन नेपालमा गर्ने तयारी गरिएको छ । फिल्मका निर्देशक मिलन चाम्सका अनुसार चैतको तेस्रो सातादेखि फिल्मको छायांकन नेपालमा प्रारम्भ हुनेछ । रोमान्टिक कमेडी कथामा तयार भइरहेको यो फिल्ममा वधुको भूमिकामा अभिनेत्री आँचल शर्मा छिन् । फिल्ममा वरको भूमिकामा भने नयाँ अभिनेता विवेक कर्माचार्यले अभिनय गरिरहेका छन् । फिल्मको दोस्रो सेड्यूलका लागि अभिनेता विवेक कर्माचार्यले आफ्नो शरीर समेत बनाएका छन् । निर्माण पक्षले उपलब्ध गराएको विवेकको नयाँ तस्विरमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...