काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । आइतबार चिनियाँ यात्रुको ह्यान्डब्यागमा आगो लागेको हो । एयर चाइनाको जहाजबाट चीन जान बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको ती यात्रुको ह्याण्डब्यागमा आगो लागेको विमानस्थलमा प्रवक्ता सुवास झाले जानकारी दिए । ती चिनियाँ नागरिक ब्यागभित्र रहेको पावरब्यांकमा जोडेर आइप्याड चलाइरहेका थिए । उक्त पावर ब्यांक पड्कँदा ह्यान्ड ब्यागमा आगो लागेको र विमानस्थलका कर्मचारीहरुले तत्काल निभाएको झाले बताए । घटनामा अरू कुनै क्षति भएको छैन ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...