काठमाडौं– अभिनेत्री अञ्जना बराइलीको पहिलो फिल्म ‘महापुरुष’ हो । पहिलो फिल्ममा अडिसनमार्फत छानिएकी अञ्जना ‘पुजार सार्की’ मा पनि अडिसनबाटै छनोट भएकी हुन् । ‘पुजार सार्की’ मा भने उनको ‘क्यारेक्टर अडिसन’ थियो। त्यसो त निर्देशक दिनेश राउतका हरेक फिल्ममा स्थापित कलाकारले पनि क्यारेक्टर अडिसन दिने गर्छन् । त्यसको जल्दोबल्दो उदाहरण फिल्म ‘प्रकाश’ का लागि अभिनेता प्रदीप खड्काले दिएको अडिसन हो । गत वर्षको तिहारको माहौलमा सबै रमाइरहँदा एक दिन निर्देशक दिनेश राउतले अञ्जनाको इन्स्टाग्राममा सन्देश लेख्दै मोबाइल नम्बर मागे। अञ्जनाले आफ्नो नम्बर दिएपछि दिनेश र अञ्जनाबीच पहिलो पटक कुराकानी भएको थियो । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...