काठमाडौं- घनश्याम लामिछाने निर्देशित नयाँ नेपाली फिल्म ‘लण्डन टु पेरिस ’को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक यो रोमान्टिक गीतमा बियोण्डको संगीत तथा शब्द अनि बियोण्ड र प्रविशा अधिकारीको स्वर छ । यो डान्सिङ नम्बरको गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा, कविर खड्का, मनिष गान्धी र रुष्मा थापा फिचर्ड छन् । सार्वजनिक गीतलाई अस्कर विजेता कोरियोग्राफर लंगनेस फर्नान्डेजको कोरियोग्राफी गरेका हुन् । सार्वजनिक गीतले सिनेमामा तीन जोडीको प्रेमकथा बुनिएको बुझ्न सकिन्छ ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...