(तस्विरहरुः बद्री थापा) काठमाडौं– नेपाल चलचित्र कलाकारले मंगलवार काठमाडौंमा आयोजना गरेको ‘कलाकार र आम सञ्चार’ विषयको विचार गोष्ठिका वक्ताहरुले नेपाली कलाकार तथा आम सञ्चारको सम्बन्धका विषयमा छलफल गरेका छन् । चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित यो समारोह चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको थियो । नेपाली चलचित्र क्षेत्रका झण्डै साढे दुई सय बढी चिरपरिचित अनुहारहरुको उपस्थितिमा आयोजित विचार गोष्ठिमा वरिष्ठ फिल्म निर्देशक तथा प्राध्यापक राजेन्द्र सभल, निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी तथा पत्रकार कृष्ण भट्टराईले कलाकार तथा आम सञ्चार विषयमा केन्द्रित रहेर आफ्ना विचारहरु व्यक्त गरेका थिए ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...