यातायातमा करोडौं भ्रष्टाचार गरेर फरार भएका पाँच जना जेल चलान

December 5, 2023 at 11:27 AM

काठमाडौं– राजस्वको रकम हिनामिना गरेको मुद्दामा दोषी ठहर भएर कैद सजाय तोकिएका यातायात कार्यालय, इटहरी, कोशीका पाँच जना पूर्व कर्मचारीहरु पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय, इटहरी, कोशीका तत्कालीन प्रमुख नयराज नेपाल तथा लेखापाल मणिराज दाहालसहित पाँच जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले सोमबार पक्राउ गरेको हो । नेपाल र दाहालसहित कर्मचारीहरू कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी तथा देवराज नेपाललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले पुष्टि गरेका छन् । पक्राउ परेका उनीहरूलाई अदालतमा उपस्थित गराएर कैद सजाय भुक्तानका लागि जिल्ला ‍कारागार कार्यालय मोरङमा चलान गरिएको छ । उनीहरूलाई विशेष ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...