नारायणगोपाल स्मृति सम्मान तारादेवी र गणेश रसिकलाई

December 6, 2023 at 03:10 AM

काठमाडौं– स्वरसम्राट नारायण गोपालको ३३ औँ स्मृति दिवसमा स्वर किन्नरी तारादेवी (मरणोपरान्त) र संगीतकार गणेश रसिक सम्मानित भएका छन् । नारायणगोपाल संगीत कोष र सांस्कृतिक संस्थानद्वारा मंगलबार साँझ जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित विशेष कार्यक्रममा जनही ५१ हजार रुपैयाँ राशिसहितको पुरस्कार तथा सम्मान हस्तान्तरण गरिएको हो । कार्यक्रमका विशेष अतिथि संगीत रत्न शम्भूजीत बासकोटा, वरिष्ठ गायिका मिरा राणा, कोषकी अध्यक्ष उषा शेरचन, वरिष्ठ संगीतकार दीपक जंगम, वरिष्ठ गीतकार राजेन्द्र थापा सहितका व्यक्तित्वले स्मृति सम्मान एवं विशेष पुरस्कार हस्तान्तरण गरेका हुन् । समारोहमा तारादेवीलाई प्रदान गरिएको सम्मान तारादेवी स्मृति प्रतिष्ठानका उपाध्यक्ष भुवन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...