नयाँ मितिमा आउने भयो ‘नम्बरी सुन’

July 2, 2024 at 08:47 AM

काठमाडौं– राजु गिरीको निर्देशनमा निर्माण भएको फिल्म ‘नम्बरी सुन’को प्रदर्शन मिति हेरफेर भएको छ । यसअघि यो फिल्म भदौ १ गते रिलिज हुने भनिए पनि अब भने साउन २५ गते रिलिज हुने भएको छ । निर्माण टिमले फिल्मका प्रमुख कलाकारहरु गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपाने फिचर्ड नयाँ पोस्टरसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो । नारायण खातीको शब्द कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ । सुवर्ण शिभान्स प्रोडक्सनको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...