इटहरी– चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा निर्माण भएका आदिवासी जनजाती फिल्मले विश्वमा नेपालको नाम चिनाउने काम गरेको बताएका छन् । आदिवासी जनजातीले आफ्नो भाषा, संस्कृतिलाई मध्यनजर गर्दै फिल्म निर्माण गरेपनि नेपालमा यस विषयमा ऐन अभावका कारण ओझेमा पर्ने गरेको उनको धारणा रहेको थियो । चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिले बिहीवार इटहरीमा आयोजना गरेको ‘वृहत् विचार गोष्ठी कार्यक्रम–२०८१’ मा बोल्दै केसीले आदिवासी जनजाती चलचित्रकर्मीको गतिविधि बढ्दै गएकोमा खुसी व्यक्त गरे । उनले नेपाली कला, संस्कृति नेपालको गौरव भएको बताउँदै यसलाई विश्वमाझमा पुर्याउने सबैभन्दा सजिलो माध्यम ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...