‘माइली’ मा करिश्मा‌ अनुवन्धित

July 6, 2024 at 04:33 AM
1 min read

काठमाडौं- रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा अभिनेत्री करिश्मा मानन्धर अनुवन्धित भएकी छिन् । बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्मका लागि करिश्मालाई हालै निर्माण पक्षले अनुवन्धित गरेको हो । फिल्म युनिटले करिश्माको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरलुकमा करिश्मालाई खुशी मुद्रामा देखाइएको छ । करिश्माको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ । निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको फिल्ममा महिलाको पीडा देखाइने बताए । ‘दलित महिलाको श्रीमान् नभएपछि समाजले उनीमाथि कस्तो दृष्टि लगाउँछ ? उनका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...