काठमाडौं– ‘११ः५५’ शीर्षकको नयाँ नेपाली फिल्म निर्माण हुने भएको छ । बिहीवार काठमाडौंमा आयोजित एक समारोहमा केशव पाण्डेको निर्देशनमा तयार हुने यो सस्पेन्स–थ्रिलर फिल्मको घोषणा गरिएको छ । यो फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, सागर खनाल, विशाल पहरी, बुद्धि तामाङ लगायतको अभिनय रहने छ । एमएस अग्रज कार्यकारी निर्देशक रहेको यो फिल्ममा श्याम शर्मा र सरोजा शर्मा निर्माताका रुपमा छन् । यो फिल्ममा अल्मोडा राना उप्रेती र कुशल आचार्यको संगीत रहने छ भने कोरियोग्राफी कविराज गहतराजको रहने छ । फिल्मको छायांकन यही शनिवारदेखि प्रारम्भ हुने बताइएको छ ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...