पशुपतिको कोटीहोम महायज्ञ पुगेको ‘मोदीबेनी’ टीमलाई पञ्चेबाजाद्वारा स्वागत

July 22, 2024 at 02:34 PM

काठमाडौं– साउन १८ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मोदीबेनी’ का कलाकारहरू काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा एक महिने कोटीहोम महायज्ञको सातौँ दिनमा सहभागी भएका छन् । मानव सेवा फाउन्डेसनको प्रमुख आयोजनामा भइरहेको महायज्ञमा ‘मोदीबेनी’ का कलाकारहरू वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, कमलमणि नेपाल, दीपेन्द्र गौतम, लेखक आनन्द विक्रम क्षेत्री, निर्माता हरि श्रेष्ठ, पोस्टर डिजाइनर रोयल भीमसेन, मिडिया विभाग प्रमुख जीवन पराजुली लगायतको टिम पुगेका थिए । महायज्ञका आयोजकले ‘मोदीबेनी’ टिमलाई पञ्चेबाजासहित महायज्ञ आयोजनास्थल पुर्याएको थियो । उक्त अवसरमा अभिनेत्री वर्षा सिवाकोटीले भक्तिभावले जीवन सुन्दर हुने बताउँदै फिल्म रिलिजको पूर्व ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...