‘मोदीबेनी’ का कलाकारले गरे बागमतीमा र्‍याफ्टिङको शुभारम्भ

July 28, 2024 at 11:13 PM

काठमाडौं । यही शुक्रबारदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘मोदीबेनी’का कलाकारहरूले बागमती नदीमा र्‍याफ्टिङको शुभारम्भ गरेका छन् । चलचित्रका कलाकार वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठले बागमती नदिमा र्‍याफ्टिङको शुभारम्भ गर्नुभएको हो । नेपाल नदी संरक्षण संस्था, फ्रेन्ड्स क्लब र बागमती सफाइ महाअभियानको सहकार्यमा बागमती नदी महोत्सव महाजल जात्राअन्तर्गत शनिबार र्‍याफ्टिङको शुभारम्भ भएको हो ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...