काठमाडौं– अन्ततः महानायक राजेश हमाल नयाँ फिल्ममार्फत अभिनयमा फर्किने निश्चित भएको छ । यो कुराको घोषणा अभिनेता हमाल आफैँले गरेका छन् । आइतवार राति सामाजिक सञ्जालमा केही तस्विरहरुसहितको स्टाटसमार्फत अभिनेता हमालले यो कुराको जानकारी गराएका हुन् । अभिनेता हमालका अनुसार उनले निर्देशक दिवाकर भट्टराईको निर्देशनमा बन्ने नयाँ फिल्ममार्फत अभिनयमा पुनरागमन गर्न लागेका हुन् । उनी लेख्छन्– ‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने चलचित्रमा काम गर्दैछु ।’ शीर्षक राख्न बाँकी रहेको उक्त फिल्म एक्सन–थ्रिलर जनराको हुने निर्देशक भट्टराईले बताएका छन् ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...