‘कंगारु’ मा स्वस्तिमा

August 19, 2024 at 11:13 PM

काठमाडौं । चलचित्र ‘कंगारु’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित हुनुभएको छ । चलचित्रका लागि निर्माण पक्षले सोमबार स्वस्तिमासँग कागजी सम्झौता गरेको हो । सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको यो चलचित्रमा यसअघि केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल र अर्पण थापा अनुबन्धित भइसक्नुभएको छ । चलचित्र राजिभ गुरुङ ‘दीपक मनांगे’को प्रस्तुतिमा निर्माण हुन लागेको हो ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...