अभिनेता बुद्धि तामाङ ‘हैट’ पिता बन्दै

August 20, 2024 at 07:35 AM

काठमाडौं। ‘हैट’ उपनामले चिनिने अभिनेता बुद्धि तामाङ छिट्टै पिता बन्दैछन्। सोमबार फेसबुकमार्फत बुद्धिले पत्नी अनु थिङसँगको तस्बिर सेयर गर्दै उनले यो खुसीको खबर सार्वजनिक गरेका हुन्। अनुले आगामी असोजमा पहिलो सन्तानलाई जन्म दिनेछिन्। अस्ट्रेलियामा अध्ययनरत अनु केही समयअघि बच्चाको योजनाका लागि नेपाल फर्किएकी थिइन्। बुद्धि र अनुले २०७९ असोज ७ गते विवाह गरेका थिए।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...