अभिनेता विपिन कार्कीलाई मातृशोक

August 22, 2024 at 03:02 AM
1 min read

काठमाडौं । अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा बिहीबार बिहान ललितपुरको पाटन अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ थिइन् । परिवारका अनुसार उनी भेन्टिलेटरमा उपचाररत थिइन् । उनको अन्तिम संस्कार आजै बिहान १० बजे पशुपति आर्यघाटमा गरिनेछ ।

The post अभिनेता विपिन कार्कीलाई मातृशोक appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...