अभिनेता विपिन कार्कीलाई मातृशोक

August 22, 2024 at 03:45 AM

काठमाडौं– अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । अभिनेता कार्कीकी आमा सरस्वती कार्कीको पाटन अस्पतालमा उपचारकै क्रममा बिहीवार बिहान निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ्य थिइन् । ७२ वर्षीया कार्कीको स्वास्थ्य अवस्था गम्भीर भएपछि पछिल्ला केही दिनदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । बिहीवार बिहान १० बजे पशुपति आर्यघाटमा दिवंगत आमाको अन्तिम संस्कार गरिने अभिनेता कार्कीले जानकारी दिएका छन् ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...