काठमाडौं– आगामी मंसिर ७ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘अग्निदहन’ को टीजर सार्वजनिक भएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित यो फिल्मको बुधवार सार्वजनिक एक मिनेट ११ सेकेण्डको टीजरमा महिलालाई बोक्सीको आरोप लगाएपछि बोक्सी भगाउन भन्दै धामी–झाँक्रीबाट दिइने यातनालाई चित्रण गरिएको छ । एक अधवैँशे महिलाको क्रियाकलापबाट एक बालिका त्रसित भएको दृश्य टीजरमा देख्न सकिन्छ । टीजरमा त्रसित बालिकालाई पनि उत्तिकै स्थान दिइएको छ । फिल्मका निर्देशक घनश्याम लामिछाने हुन् । मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...