काठमाडौं- अभिनेता विजय बराल अहिले उत्साहित छन् । उनको उत्साह जगाउने फिल्म हो ‘पूर्ण बहादुरको सारङ्गी’ । प्रदर्शनमा लागि तयार यो फिल्ममा बरालले आफ्नो अभिनय करिअरमै पहिलो पटक मुख्य भूमिका निर्वाह गर्ने अवसर पाएका छन् । अभिनेता बरालले यो फिल्ममा पूर्ण बहादुर अर्थात गन्धर्व समुदायका मानिसको भूमिका निर्वाह गरेका छन् । फिल्मले गन्धर्व समुदायको कथा बोलको छ, उनीहरूले जीविकोपार्जनका लागि बजाउने सारङ्गीको कुरा गरेको छ । फिल्ममा सारङ्गी बजाउने पेशा र यसको पुस्तान्तरणको कुरा उठाइएको छ । पुस्तान्तरणसँगै रुपान्तरण कसरी गर्न सकिन्छ भन्ने कुरासमेत उठाएको छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...