प्रियंका र दीयाको हरर फिल्म ‘ममी’ को प्रदर्शन मिति घोषणा

December 3, 2024 at 09:10 AM

काठमाडौं– अभिनेत्रीद्वय प्रियंका कार्की तथा दीया मास्केको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘ममी’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलवार यो फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी माघ २५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । फिल्मको सार्वजनिक पोस्टरमा एउटा ठूलो रुखको फेदमा घर अनि प्रियंका र दीयालाई सोही रुखको आकारमा प्रस्तुत गरिएको छ । पोस्टरमा प्रियंका गम्भिर भावमा प्रस्तुत छिन् भने दीयाको रगताम्य अनुहारसहित डरलाग्दो अवतारमा प्रस्तुत छिन् । हरर फ्यामिली ड्रामा कथामा निर्माण भएको यो फिल्मले एक परिवारमा छोरी र कुकुरको दुखद् निधन पश्चात रहस्यमय कालो बिरालो अपनाएसँगै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...