‘वसन्त’ को पोस्टर सार्वजनिक गर्दै भावुक भए प्रकाश सपूत

January 5, 2025 at 03:35 PM
1 min read

काठमाडौं- गायक, अभिनेता तथा निर्देशक प्रकाश सपूतद्वारा निर्देशित तथा निर्मित पहिलो नेपाली फिल्म ‘वसन्त’ आगामी चैत २२ गतेदेखि प्रदर्शन हुने निश्चित भएको छ । आइतवार साँझ फिल्मको फस्टलूक पोस्टर सार्वजनिक गर्दै निर्माता तथा अभिनेता सपूतले फिल्मको रिलिज डेट पनि घोषणा गरेका हुन् । महाकवि लक्ष्मीप्रसाद देवकोटा तथा पारिजातका तस्विरले सजिएको भित्तासहितको कोठामा टेबलमा राखिएका पाठ्य सामग्रीसहित अध्ययन गरिरहेका सपूतको तस्विरसहितको फिल्मको पोस्टर अभिनेता तथा निर्माता सपूत आफैंले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । प्रकाश सपूतकै कथा, संगीत तथा निर्देशनमा बनेको यो फिल्ममा स्वस्तिमा खड्का, खड्ग बहादुर पुन (खबपु), प्रभात पाल, श्री ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...