‘लाज शरणम्’को पहिलो दिनको कलेक्सन एक करोड बढि

February 27, 2025 at 10:18 AM
1 min read

काठमाडौं- फिल्म ‘लाज शरणम्’ले एक करोडभन्दा माथिको ओपनिङ गरेको छ । बुधवार रिलिज भएको फिल्मले एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको हो । कुमार कट्टेलले निर्देशन गरेको फिल्ममा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, महेश त्रिपाठी, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् । ‘फेरि रेशम फिलिली’ र ‘मायावी’सँगै रिलिजमा आएको ‘लाज शरणम्’ले तुलनात्मक रूपमा दुईवटाले भन्दा धेरै शो पाएको थियो । जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...