मुम्बई– भारतको मुम्बई पुगेको अभिनेता अनूप विक्रम शाहीले बलिउड सुपरस्टार ऋतिक रोशनसंग एउटा विज्ञापनमा सहकार्य गर्दैछन् । केही क्षणअघि अभिनेता शाहीले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरहरुमा उनलाई अभिनेता ऋतिक रोशनसंग देख्न सकिन्छ । उनीहरुले पेय पदार्थ डीउका लागि संगै काम गरिरहेका छन् । अभिनेता शाही नेपालका लागि डीउका ब्राण्ड एम्बासडर तथा मोडल हुन् भने भारतमा ऋतिक रोशन यसका ब्राण्ड एम्बासडर हुन् । अभिनेता शाहीले अभिनेता ऋतिक रोशनलाई ट्याग गरेर तस्बिरहरु शेयर गर्दै लेखेका छन्– ‘लिजेण्ड्री मोमेन्ट्स, लेट्स डीउ इट !’
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...