‘अञ्जिला’ को सफलतासँगै पूर्वी नेपालमा एन्जिलाको भावनात्मक यात्रा

March 30, 2025 at 06:13 AM
1 min read

काठमाडौं- नेपाली चलचित्र ‘अञ्जिला’ ले फागुन २९ गते फागु पूर्णिमाको अवसरमा प्रदर्शनमा आएदेखि नै दर्शकहरूको मन जितिरहेको छ। फिल्मले केवल मनोरञ्जन मात्र होइन, संघर्ष, सपना र अठोटको कथा प्रस्तुत गर्दै धेरैलाई भावुक बनाएको छ। विशेष गरी प्रमुख अभिनेत्री एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनमा आधारित कथाले धेरै दर्शकलाई रुवाइरहेको छ। फिल्मको अपार सफलतासँगै एन्जिला प्रचार अभियानका लागि आफ्नो व्यस्त फुटबल करिअरबाट केही समय निकालेर नेपाल आइपुगेकी छिन्। ग्रिसको शीर्ष डिभिजन क्लब निस एट्रोमिटौबाट खेलिरहेकी उनले आफ्नो व्यक्तिगत उपलब्धिहरू नेपाली दर्शकहरूसँग साझा गर्नका लागि देश फर्किने निर्णय गरिन्। शुक्रवार बिहान काठमाडौं आइपुगेपछि उनले काठमाडौंको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...