रहेनन् कलाकार तेजा

April 6, 2025 at 04:35 AM
1 min read

(फिल्मको एक दृश्यमा कलाकार ऐर) काठमाडौं- नेपाली फिल्मका कलाकार तेजा ऐरको निधन भएको छ । नेपाली फिल्ममा खलनायकको भूमिका निर्वाह गर्दै आएका ऐरको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा निधन भएको हो। दिवङ्गत ऐरका भाई डबल बहादुरका अनुसार कलाकार ऐर विगत दुई वर्षदेखि पक्षघात र मिर्गाैलासम्बन्धी समस्याबाट पीडित थिए । तीन दशकदेखि नेपाली फिल्ममा ऐरले खलनायकको भूमिकामा अभिनय गर्दै आएका थिए । थारू भाषाको फिल्म ‘मोर बस्ती’बाट अभिनयमा डेब्यु गरेका ऐरले थारू, नेपाली तथा भोजपुरी भाषाका झण्डै एक सय फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका थिए । ऐरले सत्या, हिरासत, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...